७ असार २०८३, आइतबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५१ पैसा रहेको छ ।

त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९८ पैसा र बिक्री दर १६८ रुपैयाँ ७३ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।