२६ असार २०८३, शुक्रबार

पदाधिकारीमाथि हातपात गर्ने रेडक्रस सोसाइटीका कर्मचारी निलम्बित

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, २१ पुस । पदाधिकारीमाथि हातपात गर्ने नेपाल रेडक्रस सोसाइटी गोरखाका कर्मचारी सुवास घिमिरे निलम्बनमा परेका छन् ।

रेडक्रस सोसाइटी गोरखाका कोषाध्यक्ष ज्ञानहरी अर्याललाई कार्यालयमै अरु पदाधिकारी अगाडी हातपात गरेपछि रेडक्रस गोरखा शाखा प्रमुख घिमिरेलाई निलम्बन गरिएको हो ।

सभापति यदु बिलास भट्टराईको अध्यक्षतामा शुक्रबार बसेको बैठकले नेपाल रेडक्रस सोसाइटी गोरखा शाखा प्रमुख घिमिरेलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

कर्मचारी सुवास घिमिरेले गत सोमबार कार्यालयमा सभापतिसहित अन्य पदाधिकारीकै अगाडी आफूले भने बमोजिम चेक नकाटेको भन्दै कोषाध्यक्ष अर्यालमाथि हातपात गरेको प्रत्यक्षदर्शीको भनाई छ ।

केही महिना अघि रेडक्रसको एम्बुलेन्स प्रक्रिया नै पूरा नगरी आफूखुशी कवाडीमा बिक्री गरेको र रेडक्रसका कार्यक्रमहरु पनि उनले अपारदर्शी ढंगले आफू अनुकुल सञ्चालन गरेको आरोप कर्मचारी घिमिरेमाथि लागेको छ ।