
काठमाडौं, २० पुस । नेकपा (एमाले) ले भारतलाई नेपालमा सीधै खर्च गर्न दिने रकमको सीमा २० करोड पुर्याइएकोमा विरोध जनाएको छ ।
सचिवालय बैठकले भारतसँग विभिन्न सम्झौता गर्दा प्रमुख प्रतिपक्षीसँग कुनै सरसल्लाह नभएकोप्रति आपत्ति प्रकट गरेको हो ।
बैठकपछि पत्रकारहरुसँग बोल्दै एमाले महासचिव शंकर पोखरेलले प्रतिपक्षीलाई विश्वासमा लिएर भारतसँग डिल गर्नुपर्नेमा सरकार चुकेको बताए ।
दुई देशको संयुक्त आयोगको बैठकमा के-के छलफल र सम्झौता भए भन्नेमा प्रतिपक्षसँग परामर्श नगरिएकोप्रति बैठकले गम्भीर चिन्ता प्रकट गरेको महासचिव पोखरेलले जानकारी दिए ।
राष्ट्रियताका प्रश्नमा सत्ताले प्रतिपक्षलाई विश्वास लिएर मात्रै काम गर्नुपर्ने उनले बताए । महासचिव पाखेरेलले बजेटरी प्रणालीलाई कमजोर पार्ने हिसाबले कुनै काम हुनु नहुनेमा जोड दिए ।










प्रतिक्रिया