१ श्रावण २०८३, शुक्रबार

मेलम्चीको पानी माग्दै खाली गाग्रीसहित प्रदर्शन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । मेलम्चीको पानी वितरण गर्नुपर्ने भन्दै ललितपुरबासीले खाली गाग्रीसहित प्रदर्शन गरेका छन् ।

मेलम्चीको पानी तुरुन्त खोल्न माग गर्दै काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समिति, ललितपुरले शुक्रबार मंगलबजारदेखि लगनखेलसम्म प्रदर्शन गरेको हो ।

उनीहरुले मेलम्ची खानेपानीमाथिको चलखेल बन्द गरी निरन्तर पानी आउने अवस्था बनाउन माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरुले ‘पानीमा भ्रष्टाचार बन्द गर’, ‘भ्रष्टाचारी सरकार राजीनामा दे’, ‘तुरुन्तै मेलम्चीको पानी खोली दे’ लगायतका नारा लगाउदै खाली गाग्री र भाँडो प्रदर्शन गरेका थिए।

मेलम्चीको पानी आउन नसक्दा खानेपानीमा समस्या भएकाले तत्काल जनताको माग सरकारले सुनुवाई गर्नुपर्ने उनीहरुको भनाइ छ ।