२४ जेष्ठ २०८३, आइतबार

भीमफेदी-कुलेखानी-दक्षिकाली सडकखण्ड बन्द

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २० पुस । बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको सडकखण्ड भीमफेदी–दक्षिणकाली खण्डमा आजदेखि सवारी आवागमन बन्द गरिएको छ ।

दक्षिणकाली नगरपालिकाअन्तर्गत पर्ने सो खण्डमा आजदेखि सडक स्तरोन्नतिको काम सुरु हुने भएकाले आगामी चैत ३० गतेसम्म सडक बन्द रहने भएकाले सो मार्ग हुँदै यात्रा गर्ने यात्रुले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ ।

हाल काठमाडौँसम्म यात्रा गर्नका लागि कुलेखानी–चित्लाङ हुँदै काठमाडौँ पुग्ने बाटो र कान्तिलोकपथ खुला रहेको छ । नारायणगढ मुग्लिन सडकखण्ड हुँदै पनि काठमाडौं जान सकिनेछ ।