५ श्रावण २०८३, मंगलबार

प्रधानमन्त्री प्रचण्डविरूद्वको मुद्वाको फैसला आज आउने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्वामा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ ।

प्रधानमन्त्री प्रचण्डविरूद्व सात वर्षअघि सर्वोच्च अदालतमा मुद्वा दायर भएको थियो । प्रचण्डले २०७३ जेठमा द्वन्द्वकालीनमा मुद्वामा विवादास्पद अभिव्यक्ति दिएका थिए ।

उनले अदालतमा आफूविरुद्ध षडयन्त्र भएको, माओवादी विरुद्ध अदालतलाई प्रयोग गरिएको र दिँउसै रात पार्ने प्रपञ्च भएको अभिव्यक्ति दिएका थिए ।

उनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।