२२ असार २०८३, सोमबार

छोराछोरीको ज्यान मार्ने धम्की दिई व्यापारीसँग ५० लाख माग्ने पक्राउ

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‍‍‍‍‍‍‍‍‍‍‍‍‍रौतहट, २० पुस । व्यापारीसँग धम्की दिई ५० लाख माग्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

ज्यान मार्ने धम्की दिई रकम मागेको अभियोगमा फतुवा विजयपुर नगरपालिका-८ बस्ने ३५ वर्षीय श्रीभगवान साहलाई प्रहरीले पक्राउ गरेको हो ।

एकजना व्यापारीलाई पटक पटक फोन गरी उनी र उनका छोरा छोरीलाई ज्यान मार्ने धम्की दिई ५ लाखदेखि ५० लाख रूपैयाँसम्म रकम माग गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीको टोलीले साहलाई पक्राउ गरेको हो ।

अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।