८ श्रावण २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS: नेपाल-भारत संयुक्त आयोगको बैठक सकियो, मन्त्रीविरूद्व प्रहरीमा जोहेरी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । नेपाल भारत संयुक्त आयोगको सातौँ बैठक सकिएको छ ।

नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस। जयशंकरको संयुक्त अध्यक्षतामा भएको बैठक काठमाडौंको याक एन्ड यति होटलमा बसेको हो ।

बैठकमा द्विपक्षीय आर्थिक सम्बन्ध, कटेक्टिीभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा र संस्कृति तथा राजनीतिक विषयमा छलफल भएको छ ।

आयोगको बैठकमा भारतले अब नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै अनुदान दिनसक्ने सहमति भएको छ । भारतले सिधै लगानी गर्ने पाउने परियोजना रकमको सीमा ५ करोडबाट बढाएर २० करोड रुपैयाँ पुर्‍याइएको हो ।

यसैबीच नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले आजको हस्ताक्षरसँगै सार्थकता पाएको हो।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–