
काठमाडौं, १९ पुस । नेपाल भारत संयुक्त आयोगको सातौँ बैठक सकिएको छ ।
नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस। जयशंकरको संयुक्त अध्यक्षतामा भएको बैठक काठमाडौंको याक एन्ड यति होटलमा बसेको हो ।
बैठकमा द्विपक्षीय आर्थिक सम्बन्ध, कटेक्टिीभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा र संस्कृति तथा राजनीतिक विषयमा छलफल भएको छ ।
आयोगको बैठकमा भारतले अब नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै अनुदान दिनसक्ने सहमति भएको छ ।
भारतले सिधै लगानी गर्ने पाउने परियोजना रकमको सीमा ५ करोडबाट बढाएर २० करोड रुपैयाँ पुर्याइएको हो ।








प्रतिक्रिया