२३ जेष्ठ २०८३, शनिबार

मन्त्री सुदन किराँतीविरूद्व प्रहरीमा जाहेरी

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीविरुद्ध प्रहरीमा जाहेरी परेको छ।

धार्मिक भावनामा आँच पुर्‍याएको आरोप लगाउँदै मन्त्री किरातीविरूद्व जिल्ला प्रहरी परिसर टेकुमा काठमाडौंका ध्रुवराज लुईटेलले जाहेरी दिएका हुन् ।

मन्त्री किराँतीले पुस ४ गते एक कार्यक्रममा ‘क्रिश्चियन मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो, संविधान मान्दिन भन्ने देशद्रोही हो, देशद्रोहीलाई हत्कडी लगाउने र जेलमा हाल्दिने हो’ भन्ने अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिलको चौतर्फी आलोचनासमेत भएको थियो ।