१८ असार २०८३, बिहिबार

शैक्षिक प्रमाणपत्र कीर्ते आरोपमा वायुसेवा निगमका पाइलटविरूद्व मुद्वा दर्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । शैक्षिक प्रमाणपत्र कीर्ते आरोपमा नेपाल वायुसेवा निगमका पाइलटविरूद्व मुद्वा दर्ता भएको छ ।

नेपाल वायुसेवा निगमका क्याप्टेन सम्राटबहादुर शाहविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

क्याप्टेन शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै उजुरी परेपछि अख्यिारले छानबिन गरेको थियो ।

शाहले भारतको सेकेन्डरी एडुकेशन काउन्सिल, उत्तरप्रदेश अन्तर्गत भि.एस.जे इन्टर कलेज साराहारी गोरखपुरबाट इन्टरमिडियट एग्जामिनेशन, २००३ (प्राइभेट परीक्षा) प्रथम श्रेणीमा उत्तीर्ण भएको प्रमाणपत्र पेश गरेका थिए।

अनुसन्धानको क्रममा उक्त प्रमाणपत्र नक्कली भएको पाइएको अख्तियारले जनाएको छ ।