१७ असार २०८३, बुधबार

गठबन्धनको सरकारले कुनै काम गर्न सकेन: ईश्वर पोखरेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धनको सरकारले कुनै काम गर्न नसकेको बताएका छन् ।

एमाले जिल्ला कमिटी दार्चुलाको ९औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेको पालामा धेरै विकासका काम भएका तर गठबन्धन सरकारले केही गर्न नसकेको बताएका हुन् ।

पोखरेलले दार्चुला जिल्लाको समग्र विकासमा एमालेले गर्ने बताए । दार्चुला जिल्लाको विकासमा एमाले नेत्वतको सरकार गरेका कामहरुको प्रशंसा गर्दै समग्र जिल्लाको विकासमा एमालेले भूमिका खेलेको बताएका हुन् ।

दार्चुला जिल्लाको तिंकर नाका खोल्न नेपाली सेना मार्फत गराउन एमालेको सरकार भएका पालामा काम अगडि बढाएको उनले स्मरण गरे ।