
काठमाडौं, १८ पुस । सूर्य दर्शन सहकारी ठगी प्रकरणमा हिजो अदालतमा आत्मसमर्पण गरेका पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याल कारागार चलान भएका छन् ।
उनीहरूलाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । यसअघि उनीहरू फरार रहँदै आएका थिए ।
मंगलबार बयान गराएर बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।








प्रतिक्रिया