२५ असार २०८३, बिहिबार

दोलखामा टुक्रा टुक्रा पारेर फालेको अवस्थामा किशोरको शव फेला

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, १८ पुस । दोलखामा एक किशोर मृत फेला परेका छन् । दोलखाको शैलुङ गाउँपालिका–४ मागापौवाका १८ वर्षीय भीष्म भण्डारी मंगलबार शैलुङ–५ काटाकुटीस्थित बजिनी खोलामा मृत भेटिएका हुन् ।

भण्डारीको शव टुक्रा टुक्रा पारिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जिवन श्रेष्ठले जानकारी दिए । शरिरको विभिन्न भागमा घाउ भएकाले उनको हत्या गरिएको हुनसक्ने उनले बताए ।

घटनास्थल नजिकै रगत लागेको अवस्थामा भण्डारीको चश्मा फेला परेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।