शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

टोपी दिवस, रोजगारी र सम्वृद्धि

दैनिक नेपाल २०८० पुष १६ गते २२:०८

-तुलसीप्रसाद न्यौपाने

टोपी हामी नेपालीहरूको शान हो । राष्ट्रिय पहिचान हो । नेपाली शिरको गजुर हो । नेपाली टोपीका मुख्य प्रकारहरूमध्ये तेह्रथुमे ढाकाटोपी, पाल्पाली ढाका टोपी, भादगाउँले कालो टोपी आदि केही प्रमुख प्रकारका टोपीहरू हुन् । दिवसहरु फगत औपचारिकता निर्वाह गर्ने तिथि मितिमात्र होईनन् । समय र परिस्थिति सापेक्ष वस्तुनिष्ठ विवेचनाका आधारमा आगामी यात्राको नयाँ प्रस्थान हो । नेपाली समाजले भोग्नु परेका केही मुख्य समस्यामध्ये बेराजगारी एक हो । राष्ट्र र जनताका सामु विद्यमान ज्वलन्त समस्याहरू समाधानगर्दै मुलुकलाई सही दिशामा अगाडि बढाउन राज्य शत्ताका सारथीहरुसँग विहंगम दृष्टिकोण, सृजनात्मक चेत, दृढ ईच्छाशक्ति, ईमानको धरहरा र अथक प्रयासको आवश्यकता पर्दछ ।

एकातर्फ विज्ञान र प्रविधिको अभुतपुर्व विकास हुनुका साथै रोवोटिक्स र artificial intelligence को अद्भुदयले मानवजातिको भविष्यमाथि नै अन्यौलको खतरा उत्पन्न हुदैछ भने अर्कोतर्फ एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका कयौँ देशहरु गरिबी र बेरोजगारीको चरम दुष्चक्रमा फसेको अवस्था छ । भूमण्डलीकरणको अन्योन्याश्रित सम्बन्धका रुपमा ज्ञान, सीप, पुँजी, प्रविधि एवं वस्तु र सेवाको विश्वव्यापी प्रवाह भइरहेको अवस्था छ ।

नेपालमा सम्भावना, भविश्य छैन भन्ने निरासावादी विचार बोक्दै हिंड्नेहरु यो देशका धमिरा हुन । नेपाल अद्वितिय सम्भावना नै सम्भावनाका सहश्र भण्डारले युक्त भूस्वर्ग हो । यसका विषयमा पछि छुट्टै विर्मस गरौँला । आजको सन्दर्भ भने टोपी दिवस, रोजगारी र सम्वृद्धिको कुरा गरौँ ।

संसारभर छरिएर रहेका नेपाली, गैह्रआवासीय नेपाली, आप्रवासी नेपालीलगायत सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुमा टोपी दिवसको हार्दिक शुभकामना !

विश्व व्यापिकरणको प्रभावले सिंगो पृथ्वी एउटा गाँउ (global village) बन्न पुगेको छ । एकातर्फ विज्ञान र प्रविधिको अभुतपूर्व विकास हुनुका साथै रोवोटिक्स र artificial intelligence को अद्भुदयले मानवजातिको भविष्यमाथि नै अन्यौलको खतरा उत्पन्न हुँदैछ भने अर्को तर्फ एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका कयौँ देशहरु गरिबी र बेरोजगारीको चरम दुष्चक्रमा फसेको अवस्था छ । भूमण्डलीकरणको अन्योन्याश्रित सम्बन्धका रुपमा ज्ञान, सीप, पुँजी, प्रविधि एवं वस्तु र सेवाको विश्वव्यापी प्रवाह भइरहेको अवस्था छ ।

संयुक्त राज्य अमरिका, युरोप, अष्ट्रेलिया, जापान लगायत संसारका विभिन्न मुलुकहरूमा गैह्रआवासीय नेपालीहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको छ । खाडी राष्ट्र, मलेसिया, सिंगापुर, कोरिया लगायत विश्वका विभिन्न मुलुकहरू नेपाली श्रमिका गन्तव्य मुलुक रहेका छन् । अध्ययन भिसा र भ्रमण भिसामा विश्वका विभिन्न मुलुकहरुमा पुगेका लाखौँको संख्यामा नेपालीहरु रहेका छन् ।

संसारभर फैलिएर रहेका पचासौँ लाख दाजुभाई तथा दिदीबहिनीहरुले नेपाली टोपी पहिरनु/प्रयोग गर्नाले नेपालमा दशौँ हजार प्रत्यक्ष रोजगारी श्रृजना हुन्छ ।

गैह्रआवासीय नेपाली अथवा जुनसुकै रुपमा विदेशमा बसोबास गरिरहेका नेपाली दाजुभाई दिदीबहिनीहरुमा आफ्नो मातृभूमि नेपालप्रति असिम श्रद्धा, माया र सद्भाव रहेको छ । जो जसरी जहाँ बसोवास गरिरहेको भएता पनि संसारभर छरिएर रहेका हाम्रा दाजुभाईहरुको गौरवको साझा प्रतिक स्वरुप नेपाली टोपी पहिरन/प्रयोगका लागि सम्पूर्णमा हार्दिक अपिल गरौं/गर्दछु ।

संसारभर फैलिएर रहेका पचासौँ लाख दाजुभाई तथा दिदीबहिनीहरुले नेपाली टोपी पहिरनु/प्रयोग गर्नाले नेपालमा दशौँ हजार प्रत्यक्ष रोजगारी श्रृजना हुन्छ । अरवौँ अरब रुपैयाँको अन्तराष्ट्रिय क्षेत्रमा निर्यात व्यापार वृद्धि हुन्छ । नेपालको राष्ट्रिय पहिचान संसारभर फैलिन्छ । सम्वृद्ध नेपाल निर्माणरुपी महलको जगमा एउटा ईटा थपिन्छ । नेपाल सरकारद्वारा नीति निर्माण, सहजीकरण र समन्वय आवश्यक । राष्ट्रिय टोपी दिवसको हार्दिक शुभकामना !

लेखक तुलसी प्रसाद न्यौपाने नेकपा (एमाले) कोशी प्रदेश कमिटीका संस्थापक अध्यक्ष हुन् ।

प्रतिक्रिया
सम्बन्धित