८ श्रावण २०८३, शुक्रबार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १६ पुस । आफ्नै श्रीमती ६० वर्षीया ईन्द्रकुमारी विश्वकर्माको हत्या गरेको अभियोगमा इलाम माङसेबुङ गाउँपालिका-४ घर भई झापा दमक नगरपालिका-२ बगर मखमली टोल बस्ने ६० वर्षीय धनबहादुर विश्वकर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सामान्य विवादको क्रममा धनबहादुरले धारिलो हतियार खुकुरी प्रहार गर्दा ईन्द्रकुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।