
काठमाडौं, १५ पुस । ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा प्रहरीको गम्भीर लापरबाही देखिएको छ ।
प्रहरीले मन्त्रीको गाडीमा आगजनी हुनुअघि नै गोली चलाएको खुलेको हो । यसैबीच घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पनि झुट्ठो बोलेको पाइएको छ ।
उनले घटनाका क्रममा आफू गाडीमा नरहेको बताएका थिए । तर सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा मन्त्री ज्वाला त्यहीँ भएको र उनी झन्डा फहराएको गाडीबाट निस्केपछि प्रदर्शनकारीले हातपात गर्न खोजेको देखिन्छ ।
दृश्यमा प्रदर्शनकारीले मन्त्री ज्वालालाई पछाडिबाट धकेलेको र सुरक्षाकर्मीले उनलाई जोगाउन खोजेको पनि देखिन्छ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–













प्रतिक्रिया