२८ आश्विन २०८३, बुधबार

गोर्खा सत्याग्रहप्रति अनावश्यक आरोप लगाइयो

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन, १५ पुस । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति यूकेरनेपालले केही समय यता सामाजिक सञ्जाल र भाइवर ग्रुपमा सूर्य नेम्वाङसंग जोडेर नकारात्मक भ्रम फैलाइएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

गोर्खा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईले एक विज्ञप्तिमार्फत नेम्वाङ सन् २०१८ देखि नै संस्थामा आवद्ध नभएको प्रष्ट पारेका छन् । सूर्य नेम्वाङले सत्याग्रहको संरक्षण पाएर बेलायतमा रहेका सयौं भूतपूर्व गोर्खा र तिनका परिवारबाट हजारौं पाउण्ड खाएको तर सत्याग्रहका प्रमुखले वास्ता नगरेको भन्ने समाचार अहिले सामाजिक सञ्जालमा फैलिरहेको छ ।

यस सम्बन्धमा प्रमुख संयोजक राईले बाहिर आएका सबै आरोप निराधार रहेको बताए । ुसूर्य सन् २०१८ देखि नै सत्याग्रहमा छैन । हामीले कुनै सदस्यले राजिनामा दिएपछि उसले छोड्यो भनेर विज्ञप्ति निकाल्ने कुरा पनि त भएन’, राईले प्रष्ट पार्दै भनेका छन् ुव्यक्तिगत रुपमा सूर्यका राम्रा कामको समर्थन गरिनु अलग कुरा हो । तर संस्थाले नै उनलाई संरक्षण गरेको भन्ने खालको जुन भ्रम फैलाइएको छ त्यो सरासर गलत हो । हामीले उनीबाट कुनै आर्थिक लाभ समेत लिएका छैनौं ।’

राईले सत्याग्रहले कोही पनि व्यक्तिको निजी मामिलामा साथ समर्थन नगर्ने बरु आफ्नो समान पेन्सन आन्दोलनमा सशक्त भएर लाग्ने एजेण्डा लिएको पनि उल्लेख गरे । ‘केही मानिसहरु आफ्नो निजी मामिलालाई सत्याग्रहसंग जोडेर हाम्रो आन्दोलन बिथोल्न र एकत भाड्न खोजिरहेका छन् । तर, हामी एक दुई व्यक्ति सामाजिक सञ्जालमा कुर्लंदैमा डराउने होइनौं’, राईले भनेका छन् ।

एक समय गोर्खा आन्दोलनमा सक्रिय दीपक मास्केले अहिले सूर्य नेम्वाङ र सत्याग्रहलाई जोडेर विभिन्न आरोप लगाएका छन् । तर, राईले उक्त आरोपको प्रतिवाद गरेका छन् । राईले आफ्नो राजिनामा माग्ने मास्के को हुन् भन्ने प्रश्न गर्दै नेम्वाङले पैसा दिएको भन्ने आरोपको प्रमाण दिन समेत चेतावनी दिए ।

सत्याग्रहको शनिबार सम्पन्न बैठकले समेत यसको औपचारिक खण्डन गर्दै यस्ता आरोपको परिआए कानूनी लडाईंबाट जवाफ दिने चेतावनी दिएको छ ।