२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: आफ्नै सरकारबाट असन्तुष्ट प्रधानमन्त्री, रूस गएका एकसय जना बेपत्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन जरूरी नभएको बताएका छन्।

सरकार गठनको एक वर्ष पुगेका अवसरमा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै दाहालले भने, ‘हामी सबै आ-आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं। कार्यक्षमता प्रमाणित गर्न सकेनौं भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ। यो मैले अरूलाई दिएको उपदेश मात्र होइन, आफैंसँग गरेको बाचा पनि हो। देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन।’

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू-