सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

कञ्चनपुरमा १६० जना महिलाले गराए मिनिल्याप

दैनिक नेपाल २०८० पुष १० गते ६:०४

कञ्चनपुर, १० पुस । कञ्चनपुरमा एक सय ६० महिलाले स्थायी बन्ध्याकरण शिविरमा एक सय ६० महिलाले मिनिल्याप गराएका छन् । सन्तानको रहर पूरा भएका महिलाका लागि स्वास्थ्य कार्यालय कञ्चनपुरले आयोजना गरेको निःशुल्क एकीकृत परिवार योजना स्थायी बन्ध्याकरण शिविरमा उनीहरुले मिनिल्याप गराएका हुन् ।

स्वास्थ्य कार्यालयले स्थानिय तहसँग समन्वय गरी निःशुल्क स्थायी बन्ध्याकरण शिविर आयोजना गरेको हो । स्वास्थ्य कार्यालयका स्रोतव्यक्ति कपिल जोशीका अनुसार गत मंसिर २२ गतेदेखि पुसको पहिलो सातासम्म शिविर आयोजना गरिएको थियो ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका, बेलौरी, पुनर्वास, लालझाडी, देखतभूली, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट, सुडा, भीमदत्तनगरको जिमुवा, चाँदनी र ब्रह्मदेवमा शिविर आयोजना गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित