![]()
काठमाडौं, ४ पुस । प्रधानसेनापति प्रभुराम शर्माले पछिल्लो समय सेनालाई विवादमा ल्याउने काम भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानसेनापति शर्माले सेनाप्रति भ्रम सिर्जना गरी अनावश्यक विवादमा ल्याउने काम भएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । उनले ताराध्वज पाण्डेको बढुवा सिफारिसका लागि सात दिने सूचनामात्रै भएको र त्यहीबीचमा जन्ममितिको बिषय उठेको जिकिर गरे ।
आफ्ना कर्मचारीको उमेर कागजात हेरेर उमेर निर्धारित हुने भन्दै प्रधानसेनापति शर्माले कसैको जन्ममिति तय गर्नका लागि न्वारन गर्ने निकाय सेना नभएको स्पष्ट पारे । पाण्डेको बिषयमा शैक्षिक प्रमाणपत्र जाँच गर्दा सही पाइएको उनले बताए ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू-













प्रतिक्रिया