
गुल्मी, ४ पुस । नेकपा (एमाले) गुल्मीले जिल्लाको १२ वटै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
गत मंसिर ११ गते रेसुंङगा नगरपालिकाको तम्घासबाट सुरू गरिएको प्रशिक्षण कार्यक्रम पुस २ गते चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा पुगेर समापन गरिएको हो ।
दुई दिनसम्म विषयगत रूपमा प्रशिक्षण गर्दै सबै पालिकामा पुग्दासम्म ८ सय जनालाई प्रशिक्षण दिइएको एमाले गुल्मीले जनाएको छ ।
पार्टी पोलिटब्युरो सदस्य तथा गुल्मी इन्चार्ज सूर्य थापाको नेतृत्वमा केन्द्रीय सदस्यहरू दिनेश पन्थी, जंग नेपाली र गणेश खनाल, जिल्ला अध्यक्ष बालसिंह काउछा, सोमनाथ सापकोटा, गणेश श्रीपाली, धर्म विश्वकर्मा, गोविन्द गौतम, चक्रबन्धु भुसाल, राजेन्द्र अर्याल र गणेश श्रेष्ठलगायतले प्रशिक्षण दिएका थिए ।
लामो समयदेखि वैचारिक प्रशिक्षण नभएको गुनासो रहँदै आएकोमा यस पटकको जिल्लाव्यापी प्रशिक्षणले पार्टीपंतीमा नयाँ उत्साह र ऊर्जा सिर्जना गरेको एमाले गुल्मी इन्चार्ज थापाको भनाइ छ ।











प्रतिक्रिया