
मकवानपुर, ३० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरको हेटौंडास्थित मानव सेवा आश्रमको केन्द्रीय कार्यलय भवन उद्घाटन गरेका छन् ।
शनिबार बिहान हेटौंडा आइपुगेका प्रधानमन्त्री प्रचण्डले आश्रमको हेटौंडा ९ लामसुरेधापस्थित केन्द्रीय कार्यलयको भवन उद्घाटन गरेका हुन् । आश्रमको भवन १२ करोड रुपैयाँ लागतमा निर्माण भएको बताइएको छ ।
केही महिनाअघि मानवसेवा आश्रमले मेची महाकाली अभियान सञ्चालन गरी ३ सय २ जना सडक मानवको उद्दार गरेको थियो ।
२०६९ भदौ १३ मा स्थापना भएको मानवसेवा आश्रम हेटौंडामा २५ जना बालबालिका, ९५ जना महिला र एक सय जना पुरुष गरी २२० जना आश्रित रहेका छन् । मानव सेवा आश्रमका नेपालमा अन्य २४ वटा शाखा कार्यालयहरुमा एक हजार ७ सय जना आश्रित रहेका छन् ।











प्रतिक्रिया