२७ कार्तिक २०८३, शुक्रबार

बन्द हड्तालले समाधान दिँदैन, समृद्धिको महाअभियानमा सहभागि बनौँ : वसन्त नेम्वाङ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर । नेकपा (एमाले)का केन्द्रीय सदस्य वसन्तकुमार नेम्वाङले बन्द र हड्तालले कुनै पनि समस्याको समाधान ननिस्कने बताएका छन् ।

एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको एक दिन बाँकी रहँदा शनिबार पाँचथरमा हुन लागेको सभाको सन्दर्भमा सो जिल्लाबाट निर्वाचित प्रतिनिधि समा सदस्य समेत रहेका नेम्वाङले बन्द, हड्ताल लगायतको सबै कार्यक्रम फिर्ता लिएर शान्तिपूर्ण र संविधानको बाटोबाट समस्याको समाधान खोज्न कथित पहिचानवादीलाई आग्रह गरेका छन् ।

कुनै समस्या छन् भने संवैधानिक र राजनीतिक रुपले शान्तिपूर्ण ढंगले समाधान गर्नुपर्ने उनले स्पष्ट पारे । ‘यो बाटै ठिक होइन, समस्या छन् भने संवैधानिक, शान्ति पूर्ण र ठिक बाटोबाट समाधान खोजिनु पर्छ’, उनले भने ।

एमालेको संकल्प यात्राको पाँचथरमा हुने सभालाई सफल बनाउन सहभागिताको लागि उनले सबैमा आह्वान गरे । सो सभा पाँचथर जिल्लाको प्रतिष्ठाको विषय भएको उनले प्रष्ट पारे । जनताको कार्यक्रममा सहभागिता जनाउने इच्छालाई कुण्ठित नगर्न पर्न पनि उनले चेतावनी दिए । एमालेको सभामा सहभागी हुन आउन लागेका जनतालाई ठाउँ ठाउँमा रोकेको भन्ने सूचना आएको बताउँदै त्यस्तो कार्य रोक्न नेम्वाङले आग्रह गरे ।

एमालेले सञ्चालन गरेको यो अभियान कसैको विरुद्ध नभई राजनीतिकसँगै देशको समृद्धिको अभियान भएको उनले प्रष्ट पारे । ‘यो नेकपा एमालेको राजनीतिक अभियान मात्र होइन, मुलुकको समृद्धि र विकासको निम्ति थालिएको महाअभियान हो’, उनले भने ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् ।

बैतडीको झुलाघाटबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।