
काठमाडौ, ३० मंसिर । गृह मन्त्रालयले १९ जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।
गृहले शुक्रबार १९ प्रमुख जिल्ला अधिकारी सहित २५ जना अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको हो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक झक्कप्रसाद आचार्यको सरुवा भएको छ । आचार्यलाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालालई गृह मन्त्रालयमा तानिएको छ ।













प्रतिक्रिया