२७ कार्तिक २०८३, शुक्रबार

लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई ‘महिनावारी’ बिदा

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, २८ मंसिर । लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीलाई महिनावारी (पिरियड) बिदा दिने भएको छ ।

निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न वनेको ऐनको परिच्छेद १३ को ११७ मा निजामती कर्मचारीले पाउने बिदामा महिनावारी (पिरियड) बिदा समावेश गरिएको हो ।

महिनावारी बिदा कति दिन पाउने भन्नेबारे नियमावलीमा तोकिएअनुसार हुनेछ । सरकारले नियमावली बनाएर पारित गरेपछि बिदा लागू हुनेछ ।

प्रदेश सभाबाट पारित भइ गएको मंसिर २१ गते प्रमाणीकरण भएको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धी ऐनले महिनावारी बिदाको व्यवस्था गरेको हो ।