बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

किन भइरहेछ एमालेको सङ्कल्प यात्रामा जनताको अपार सहभागिता ?

दैनिक नेपाल २०८० मंसिर २७ गते १४:४०

-निर्मल भट्टराई
काठमाडौं, २७ मंसिर । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्मको एमालेको ‘समृध्दिको लागि सङ्कल्प यात्रा’ कोशी प्रदेश प्रवेश गर्दैछ । पुष्पलाल मध्य पहाडी लोकमार्गमा भइरहेको यो यात्रामा सामेल नेकपा९एमाले०को यो तीनहप्ते महायात्रामा जनताको अपार सहभागिता रहेको छ। मध्य पहाडी लोकमार्गमा पर्ने हरेक पालिकाका बहुसङ्ख्यक जनताले पार्टी अध्यक्ष के पी शर्मा ओलीले नेतृत्व गर्नुभएको शीर्ष नेतृत्वलाई न्यानो स्वागत र अपार श्रध्दा प्रकट गरिरहेका छन्। लठ्ठी टेकेर जेष्ठ नागरिकहरू, झण्डा बोकेर युवा/विद्यार्थीहरू, झाँकी बोकेर कलाकारहरू,माला बोकेर महिलाहरू,बाजागाजा बोकेर वाध्यवादकहरू,समस्या बोकेर सेवाग्राहीहरू सडकमा निस्किएका छन् । यात्रारत टोलीलाई कतिपय पालिकामा सर्वदलीय स्वागत गरिएको छ भने धेरै जिल्लामा माओवादी नेता-कार्यकर्तासमेत स्वागतमा सामेल भएका छन् ।आखिर यसको राज के छ ?

क. निकम्मा गठबन्धन सरकार

जनताको पक्षमा डटेर काम गरिरहेको नेकपा (एमाले) को सरकारलाई असंसदीय माध्यमबाट विस्थापन गरेर बनेको गठबन्धन सरकारले जनताको पक्षमा कुनै काम गर्न सकेन । राज्य संयन्त्रको दुरुपयोग गरेर चुनाव आफ्नो पक्षमा पार्ने रणनीतिमा मात्र तल्लिन भयो । निर्वाचनपछि बनेको प्रचण्ड नेतृत्वको गठबन्धन सरकार त काण्डै काण्डमा मुछिन पुग्यो । नक्कली भुटानी शरणार्थी काण्ड,सुन तस्करी काण्ड र पछिल्लो एनसेल करछली प्रकरणमा सरकारको कतै न कतै संलग्नता देखिन्छ । वर्तमान सरकारको गैर जिम्मेवारीपन, दिशाहीनता,अकर्मण्यता, स्वार्थकेन्द्रित क्रियाकलाप,प्रधानमन्त्रीका निकटस्थहरूको कमाउधन्दाको कारण नेपाली जनता वाक्क भइसकेका छन् । यही कारण हो, जनताले वेटिङ गभरमेण्टको रूपमा रहेको प्रमुख प्रतिपक्ष एमालेलाई यति धेरै आशाको नजरले हेरेका हुन्र सङ्कल्प यात्राको भव्य सफलताको लागि सडकमा आएका हुन् ।

ख.गणतन्त्रविरोधी चलखेल

नेपाली जनताको ठूलो त्याग,तपस्या र वलिदानबाट नेपालमा राजतन्त्रीय निरङ्कुशताको अन्त्य भइ सङ्घीय लोकतान्त्रिक गणतन्त्रको
स्थापना भएको हो । यो व्यवस्था कुनै पार्टीविशेष वा नेताविशेषले टुप्लुक्क ल्याइदिएको व्यवस्था होइन । आफ्नो रगत-पसिना खर्चेर ल्याएको पूर्ण लोकतान्त्रिक व्यवस्थाविरोधी प्रतिगामी चलखेल भइरहेको वर्तमान सन्दर्भमा त्यसप्रति खबरदारी गर्न मुक्तिकामी नेपाली
जनता सडकमा आएका हुन् । तुमुलकारी परिवर्तनको मुख्य संवाहक नेकपा (एमाले) को यो महायात्रामा ऐक्यवध्दता जनाएका हुन् ।

ग. समाजवादको जिगमिषा

लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै नेपालमा जनवादी क्रान्ति सम्पन्न भएको छ । नेपाली जनताको अबको यात्रा समाजवादतर्फको हो ।जनताको समाजवादी यात्रालाई रोक्न चाहने प्रतिक्रियावादी(पूँजीवादी शक्ति र समाजवादी शक्तिबीचको अन्तरविरोध नै अहिलेको प्रधान
अन्तरविरोध हो । समाजवादी यात्रामा अवरोध डाल्ने प्रतिक्रियावादी तत्वलाई परास्त गर्न र श्रमजीवी जनताको राज्यसत्ता निर्माण गर्ने उत्कट
अभिलाषा राखेर अहिले नेपाली जनता एमालेलाई साथ दिन सडकमा आएका हुन् । नेपाली कम्युनिष्ट पार्टीको मूल प्रवाह, समाजवादी
आन्दोलनको प्रमुख नेतृत्वकर्ता पार्टीलाई थप बल प्रदान गर्न जनताले ऐक्यबध्दता प्रकट गरेका हुन् ।

घ.स्थानीय समस्याको पहिचान र निराकरण

‘समृध्दिको लागि सङ्कल्प यात्रा’ मार्फत् एमालेले मध्य पहाडका जनताले भोगिरहेका विभिन्न समस्याको पहिचान गरेको छ । समस्याको वास्तविक रूपमा पहिचान नगरी तिनीहरूको सही समाधान खोज्न सकिंदैन । हाल एमाले नेतृत्वका स्थानीय सरकारमार्फत् र प्रदेश
र केन्द्रको सरकारमा पुग्दा एमालेले जनताको हितमा के-के काम गर्नुपर्छ भन्ने प्रष्ट भएको छ। आफ्नो समस्या सुन्न एमालेको सिङ्गो नेतृत्व
टिम नै आफ्नो घर दैलोमा आएकोमा मध्यपहाडी क्षेत्रका जनता अनुगृहित छन् एकातिर भने अर्कोतिर राष्ट्रिय नीति/निर्माण र बजेट
निर्माणमा एमालेलाई जनताका गुनासा, सुझाव र पृष्ठपोषण अत्यन्त उपयोगी हुनेछन् । एमाले कमजोर भयो, एमालेको नेतृत्व अलोकप्रिय
भयो भनेर हौवा पिटाउने तत्वलाई एमालेको ‘समृध्दिको लागि सङ्कल्प यात्रा’ले एकमुष्ट जवाफ दिएको छ । एमालेमात्र देशको प्रमुख
राष्ट्रिय शक्ति हो र यसलाई कमजोर पार्ने वा देखाउने खेल पानीको फोका फुटेसरी समाप्त हुनेछन् भन्नेसमेत अब घामजस्तै छर्लङ्ग भएको
छ । यात्राको समापनपछि हुने समग्र समीक्षा र त्यसपछि पार्टीले तय गर्ने मार्गचित्रले देशको सुन्दर भविश्य निर्धारण गर्ने अपेक्षा गर्न
सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित