
काठमाडौं, २६ मंसिर । नेकपा (एमाले)ले मध्यपहाडी संकल्प यात्राका क्रममा कोशी प्रदेशमा बन्द, हड्ताल र अवरोध नगर्न आग्रह गरेको छ ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले आजदेखि कोशी प्रदेश प्रवेश गर्न लागेको अभियानलाई अवरोध हैन सफल बनाउन सहयोग गर्न पार्टीको तर्फबाट आग्रह गरेका हुन् ।
जनताको विकास र सम्बृद्धि प्रतिको आकांक्षालाई सम्बोधन गरेर अघि बढ्नका लागि आयोजना गरिएको राष्ट्रिय अभियान भएकाले अभियानलाई छेक्ने, अवरोध गर्ने, बन्द गर्ने कार्य नगर्न उनले आन्दोलनरत पहिचानवादी समूहलाई आग्रह गरेका हुन् ।
एमालेलाई मात्रै निशाना बनाएर गरिने बन्द, हड्ताल लोकतान्त्रिक हुन नसक्ने नेता गौतमको भनाई छ । आफना असहमति भए औपचारिक रुपमा संवैधानिक र शान्तिपूर्ण ढंगले सम्बन्धित निकायमा राख्न उनले सुझाव दिएका छन् । कोशी नामको सवाल कोशी प्रदेश सभाको भएकाले कोशी प्रदेश सभामा राख्नुपर्नेमा उनको जोड छ ।











प्रतिक्रिया