
मकवानपुर, २६ मंसिर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको स्वास्थ्यमा सुधार आएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी आइतबार काठमाडौंको चावहिलस्थित हेल्पिङ ह्यान्ड अस्पताल भर्ना भएका थिए । उनका स्वकीय सचिव पारसमणि फुयाँलले आज अपराह्नसम्ममा प्रदेश प्रमुख शर्मालाई अस्पतालबाट डिस्चार्ज हुनसक्ने बताए ।
प्रदेश प्रमुख शर्मा गत शनिबार चीनको पाँचदिने भ्रमण सकेर स्वदेश फर्किएका थिए ।











प्रतिक्रिया