
काठमाडौं, २१ मंसिर । सरकारले नेपाली सेनाको उपरथी अशोकराज सिग्देलको बढुवा गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सेनाको रिक्त रथी पदमा सिक्देललाई बढुवा गरेको हो ।
जंगी अड्डामा गत शुक्रबार बसेको सेनाको बढुवा समितिको बैठकले सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गर्दै रक्षामा पत्र पठाएपछि सरकारले बढुवा गर्ने निर्णय गरेको हो ।
रथीमा बढुवासँगै सिग्देलको हालका प्रधानसेनापति प्रभुराम शर्माले अवकास पाएपछि प्रधानसेनापति बन्ने बाटो खुला भएको छ । योसँगै शर्माले भदौ २४ मा अवकास पाएपछि सिग्देल सेनाको ४५ औं प्रधानसेनापति बन्ने लगभग निश्चित भएको छ ।











प्रतिक्रिया