९ कार्तिक २०८३, सोमबार

एकीकृत समाजवादी पार्टीको महाधिवेशन सर्ने निश्चित, अर्को मिति भोलि टुंग्याइने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीको महाधिवेशन सार्ने तयारी गरेको छ ।

पार्टी कार्यालयमा सोमबार बसेको सचिवालय बैठकमा जाजरकोट भूकम्पका कारण कारण तयारी गर्न नपाएको र राष्ट्रियसभा निर्वाचन समेत आइरहेकाले पार्टीको महाधिवेशनको मिति परिवर्तन गर्ने बिषयमा छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

आगामी माघ १४ देखि १८ सम्म महाधिवेशन तय गरेपनि बिभिन्न कारणले तयारी गर्न नसकिएको उनले बताए । खतिवडाले सचिवालयको बैठक मंगलबार पुन: बस्ने र महाधिवेशनका बिषयमा आवश्यक निर्णय लिइने बताए । त्यस्तै सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

बैठकमा राष्ट्रिय राजनीतिक, पार्टीको आन्तरीक संरचना, आगामी कार्ययोजना लगाएतका बिषयमा समेत छलफल भएको उनको भनाइ छ । बैठकपछि नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनालले महाधिवेशन लगायत सबै बिषयमा छलफल भएको र मंगलबार आवश्यक निर्णयमा पुगिने बताए ।

खनालले लोकतन्त्रमा विरोध हुनु सामान्य भएकाले ठूलो घटनाका रुपमा लिन नहुने स्पष्ट पारे । उनले व्यवस्था बद्लिएपनि जनताको अवस्था नफेरिएकाले नयाँ ढंगले जान समाजवादी तयार रहेको धारणा राखे । उहाले एनसेनको सेयर बिक्री गर्ने बिषय निकै गम्भीर रहेको जिकिर गरे ।