९ कार्तिक २०८३, सोमबार

वडाध्यक्ष दम्पतीलाई घरभित्रै थुनेर बाहिरबाट आगजनी

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, १८ मंसिर । धनकुटाको पाख्रीबास नगरपालिका वडा नम्बर-६ का वडाध्यक्ष देवेन्द्र गुरागाइँको दम्पतीलाई घरभित्रै थुनेर घरमा आगजनी गरिएको छ ।

गएराति सुतिरहेको वडाध्यक्ष दम्पतीको घरमा बाहिरबाट ताला लगाएर आगो लगाइएको हो । घरमा आगो लागेको थाहा पाएपछि छिमेकीको सहयोगमा दम्पती घरबाट बाहिर निस्कन सफल भएका थिए ।

पाख्रीबासको डाँडाखर्कस्थित घरमा गुरागाइँ दम्ती मात्रै बस्थे। उनीहरूका छोराबुहारी काठमाडौं बस्छन्। उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।

उनको घरमा आगजनी गरेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।