![]()
काठमाडौं, १५ मंसिर । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामै राख्ने काठमाडौं जिल्ला अदालतले गरेको आदेश सदर गरेको छ ।
न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै पूर्वसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, सागर राईलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं अदालतको आदेश सदर गरेको हो । त्यस्तै उच्च अदालतले आङटावा शेर्पा, सानु भण्डारी, सञ्जय शर्मा र गोविन्द चौधरीलाई पनि थुनामै पठाउने आदेश दिएको छ ।
यसैगरी टेकनाथ रिजाललाई १५ लाख धरौटी, सन्दीप रायमाझीलाई ३० लाख र नरेन्द्र केसीलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ भने हरिभक्त महर्जन, लक्ष्मी महर्जन, शमशेर मिया, आशिष बुढाथोकी, टेक गुरुङ, रामशरण केसी र केशव तुलाधरलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । त्यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाणको सन्दर्भमा भने न्यायाधीसको मत बाझिएपछि तत्काललाई थुनामुक्त नगर्ने निर्णय भएको छ । खाँणलाई रिहाई गर्ने वा थुनामै राख्ने भन्ने अर्को इजलासले निर्णय गर्नेछ ।
हेरौँ दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–













प्रतिक्रिया