सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

सिप बिल्डिङतर्फ दक्षिण कोरिया जान १२ हजार योग्य

दैनिक नेपाल २०८० मंसिर १५ गते ९:२४

काठमाडौं, १५ मंसिर । रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि सिप बिल्डिङतर्फको दोस्रो चरणको परीक्षामा १२ हजार ९८ जना उत्तीर्ण भएका छन् ।

वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाका अनुसार असोज १ देखि मंसिर ७ सम्म सञ्चालन गरिएको पहिलो चरणको सिप बिल्डिङतर्फको परीक्षामा साढे ३५ हजार सहभागी भएकामा भाषा परीक्षामा १२ हजार ९८ जना उत्तीर्ण भएका हुन् । सो परीक्षामा सहभागीको नतिजा आइतबार सार्वजनिक भएको हो । उक्त परीक्षाका लागि जम्मा ३२ हजार ५९५ जना परीक्षामा सहभागी भएका थिए । कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी)ले नेपालबाट सिप बिल्डिङतर्फको साढे १२ हजार लैजाने यस अगाडि नै घोषणा गरेको थियो ।

सिप बिल्डिङको दोस्रो चरणको परीक्षा मंसिर २४ देखि २८ सम्म सञ्चालन गरिने भएको छ । जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सञ्चालन हुने दोस्रो चरणको परीक्षमा पहिलो चरणको भाषा परीक्षामा सहभागीले क्रमबद्ध रूपमा सिप परीक्षण गरिने इपिएस शाखाले जनाएको छ । सो शाखाका अनुसार दोस्रो चरणको परीक्षामा सहभागी हुने परीक्षार्थीले भाषा परीक्षा उत्तीर्ण भएको प्रमाणित प्रतिलिपिसहित उपस्थिति हुुनुपर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित