शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

जहाजमै पति–पत्नीको झगडा भएपछि बैङ्कक जाँदै गरेको विमान दिल्लीमा अवतरण

दैनिक नेपाल २०८० मंसिर १३ गते १५:३८

काठमाडौं, १३ मंसिर । यात्रीको उद्दण्ड व्यवहारका कारण जर्मनीको म्युनिखबाट थाइल्याण्डको बैङ्ककका लागि उडेको लुफ्थान्साको विमान बुधबार दिल्लीमा आकस्मिक अवतरण गरेको छ ।

जहाजमा पति–पत्नीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण वातावराण बनेपछि जहाजलाई दिल्लीमा अवतरण गराइएको हो । पति–पत्नीबीचको झगडाको कारण खुल्न सकेको छैन ।

विमानले सुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो तर अज्ञात कारण पाकिस्तानले अवतरणको अनुमति नदिएपछि जहाजलाई दिल्लीमा अवतरण गराइएको हो ।

अवतरण लगत्तै झगडा गर्ने पति पत्नीलाई विमानस्थलको सुरक्षा निकायले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित