सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र आन्दोलनरत प्राध्यापकबीच सहमति

दैनिक नेपाल २०८० मंसिर १२ गते ११:२०

मकवानपुर, १२ मंसिर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र आन्दोलनरत प्राध्यापकहरूबीच सहमति भएको छ । सहमति भएसँगै प्राध्यापकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

प्राध्यापकको रोकिएको तलब भत्ता बापतको रकम एक महिनाभित्र प्रतिष्ठानले उपलब्ध गराउने सहमती भएको प्राध्यापक कल्याणकारी समितिका अध्यक्ष विश्वास सापकोटाले बताए ।

प्रतिष्ठानको प्रतिविद्धतापछि आन्दोलनरत प्राध्यापकहरू शिक्षण कार्यमा फर्किएका छन् ।

कार्तिक २२ गतेदेखि प्रतिष्ठानमा कार्यरत २४ जना प्राध्यापकहरूले ३ महिनादेखिको तलब, भत्ता बापतको रकम नपाएको भन्दै विरोधमा उत्रिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित