२७ कार्तिक २०८३, शुक्रबार

अनेरास्ववियु बागमतीको अध्यक्षमा लालबहादुर बुढाथोकी सर्वसम्मत

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १० मंसिर । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बागमती प्रदेशको अध्यक्षमा लालबहादुर बुढाथोकी सर्वसम्मत चयन भएका छन् ।

शनिबार हेटौंडामा भएको प्रथम बागमती प्रदेश अधिवेशनले सिन्धुलीका बुढाथोकीको नेतृत्वमा ५१ सदस्सीय कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यहरुमा युवराज दाहाल, अच्युत उप्रेती, निशा पुडासैनी सचिवमा प्रकाश कलाखेती, उपसचिवहरुमा प्रशान्त जंग पाण्डे, पवन तामाङ, जिपछिरिङ शेर्पा र कोषाध्यक्षमा अमृत थापा रहेका छन् । यसैगरी कार्यालय सचिवमा लक्ष्मण सिलवाल सर्वसम्मत चयन भएका छन् ।