२७ कार्तिक २०८३, शुक्रबार

कोशी प्रदेश सभा बैठक बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ९ मंसिर । कोशी प्रदेश सभाको बैठक आज बस्दै छ ।

आज दिउँसो १ः०० बजे बस्ने बैठकमा मुख्यमन्त्री केदार कार्कीले स्थानीय सेवाको गठन सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको सैद्धान्तिक छलफलमा प्रदेश सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

प्रदेश सभा सचिवालका अनुसार आजकै बैठकमा “कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०” लाई प्रतिस्थापन गर्न बनेको “कोशी प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०” र “कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०” लाई प्रतिस्थापन गर्न बनेको “आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०” लाई प्रस्ताव स्वरुप सभामा पेश गर्ने कार्यसूची रहेको छ ।