२७ कार्तिक २०८३, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र शाह झापामा, राजावादीको शक्ति प्रदर्शनलाई सम्बोधन गर्ने

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ९ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका छन् । उनी बिर्तामोड पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न शुक्रबार झापा पुगेका हुन् ।

उनले आज शनिबार बिर्तामोडमा राजावादीहरूको शक्ति प्रदर्शनलाई समेत सम्बोधन गर्ने बताइएको छ ।

पूर्वराजा शाहले ३० देखि ४५ मिनेट हिँडेर सर्वसाधारणसँग भेट गर्ने कार्यक्रम पनि रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको आजको कार्यक्रमलाई सफल बनाउन भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन करिब १० दिनदेखि झापामै छन् ।