२७ कार्तिक २०८३, शुक्रबार

दुर्गा प्रसाईंको आन्दोलनको कार्यक्रमस्थल सिफल चौरमा सर्‍यो

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंको आजको आन्दोलनको कार्यक्रमस्थल परिवर्तन भएको छ । प्रसाईंले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आज तीनकुनेमा गरिने प्रदर्शनको कार्यक्रम काठमाडौंको सिफल चौरमा सरेको जानकारी गराएका हुन् ।

‘आज तीनकुनेमा गरिने भनी तय गरीएको कार्यक्रम विषेश प्राविधिक कारणले गर्दा सिफल चौरमा सोही समयमा हुने भएकोले सम्पुर्ण नागरिकहरु लाई सिफल चौरमा उपस्थित हुनु अहुरोध गरिन्छ! जय देश जय नागरिक!’ प्रसाईंले फेसबुकमा लेखेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको थिएन ।

प्रसाईंले यसअघि बिहीबार बल्खुमा प्रदर्शन गर्दै शुक्रबारबाट तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए । प्रसाईंले तीनकुने क्षेत्रसहित निषेधित क्षेत्रमा समेत प्रदर्शन गर्ने तयारी गरेपछि हिजो शुक्रबार दिनभर प्रहरीले उनलाई भक्तपुरस्थित घरभित्र मात्रै बस्न पाउने गरी निगरानीमा राखेको थियो ।