
मकवानपुर, ८ मंसिर । मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
बाघको आक्रमणबाट मृत्यु हुनेमा मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका-१ दुबि चौर बस्ने ४३ वर्षीय हरि पौडेल रहेका छन् ।
आज बिहान मकवानपुरको मनहरी गाउँपालिका-६ खयर घारी गाउँदेखि अन्दाजी २ किलोमिटर दक्षिणतर्फ रहेको राप्ती र लोथर खोलाको मध्यवर्ति क्षेत्र अन्तर्गत दोभानमा खर काट्न आएका बेला उनलाई बाघले आक्रमण गरेको मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी घटनास्थलमा खटिएको र थप अनुन्धान भइरहेको डिएसपी भण्डारीले बताए ।











प्रतिक्रिया