२७ कार्तिक २०८३, शुक्रबार

दुर्गा प्रसाईंलाई नजरबन्दमा राख्ने तयारी

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । सरकारले व्यवसायी समेत रहेका ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई नजरबन्दमा राख्ने तयारी थालेको छ ।

उनलाई भक्तपुरस्थित निवासमै नजरबन्दमा राख्ने तयारी थालिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

हिजो बिहीबार बल्खुमा प्रदर्शनपछि आज शुक्रबारबाट तीनकुने क्षेत्रसहित निषेधित क्षेत्रमा समेत प्रदर्शन गर्ने तयारी गरेपछि सरकारले उनलाई घरभित्र मात्रै बस्न पाउने गरी नजरबन्दको तयारी थालेको बुझिएको छ । अहिले उनको निवास वरपर प्रहरीले पहरा दिइरहेको छ ।

हिजो प्रदर्शनपछि प्रसाईंले आज शुक्रबारबाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने र आन्दोलनलाई ७७ वटै जिल्लामा विस्तार गर्ने बताएका थिए ।

हिजो पहिलो दिन उपत्यकाका विभिन्न ८ ठाउँबाट प्रसाईं समूहले र्‍याली निकालेको थियो । उक्त र्‍याली बल्खुमा पुगेर कोणसभामा परिणत भएको थियो । बल्खुमा प्रसाईंका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको थियो ।

झडपमा केही प्रदर्शनकारी र ३० जना बढी प्रहरी पनि घाइते भएका थिए । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै अश्रृग्यास र पानीको फोहोरासमेत हानेको थियो ।