९ कार्तिक २०८३, सोमबार

तीनकुनेमा युवा संघको प्रदर्शन (भिडिओ)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेको छ ।

महंगी,भ्रष्टाचार,अनियमितता,अराजकता, सामाजिक र धार्मिक सहिष्णुता र सदभाव भड्काउने अपराधिक गतिविधि विरुद्ध भन्दै युवा संघले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेको हो ।

प्रदर्शनका लागि बिभिन्न स्थानबाट एमाले समर्थक र्याली सहित तीनकुनेमा भेला भएका थिए । प्रदर्शनमा युवासंघ बाहेक एमाले निकट बिभिन्न संघ संगठनको सहभागीता रहेको थियो । प्रदर्शनलाई सम्बोधन गर्दै एमाले युवा नेता महेश बस्नेतले महंगी, भ्रष्टाचार, अनियमितता बिरुद्धको कार्यक्रम भएको बताए ।

आफूहरूको कार्यक्रमलाई कसैले गलत ढंगले प्रयास गर्दैमा दिगभ्रमित हुन नपर्ने उनको भनाइ छ । बस्नेतले सरकारकोबिरुद्ध आन्दोलन निषेधाज्ञासम्म नपुगोस भनेर आग्रह गरे ।

प्रचण्ड सरकारको आयु छाटो रहेकाले उखरमाउलो भएको उनले टिप्पणी गरे । उनले दुर्गा प्रसाई जस्ता मान्छे एमालेको बिरोध गरेर रमाइरहेको भन्दै अपराधिक प्रवृतिको पछाडी ज्ञानेन्द्र शाह लागेको तर्क गरे ।

बस्नेतले गणतन्त्रको रक्षाका लागि आफूहरूकोृ आन्दोलन भएको पनि स्पष्ट पारे ।