
काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले आफूहरूको आन्दोलन परिवर्तनको रक्षाका लागि भएको बताएका छन् ।
युवा संघले काठमाडौंको तीनकुनेमा आयोजना गरेको विरोध प्रदर्शन अघि सञ्चारकर्मीसंग कुरा गर्दै बस्नेतले अहिले बिभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनमाथि चूनौति खडा गर्ने प्रयास प्रतिगामी तत्वबाट हुन खोजेको भन्दै त्यसको बिरुद्ध आफूहरूको आन्दोलन केन्द्रीत रहेको बताएका हुन् । बस्नेतले गणतन्त्रको विकल्प पुरानो व्यवस्था हुन नसक्ने स्पष्ट पारे ।
कथित राजतन्त्रबादीहरु गणतन्त्र ढाल्ने हल्ला गरेको र दुर्गा प्रसाईजस्ता मान्छेलाई अघि सारेर अनावश्यक बहस सिर्जना गर्न खाजेको उनको भनाइ छ । त्यस्तै बस्नेतले राजनीतिक आग्रहका आधारमा सरकारले काम गर्न खोज्ला भ्रष्टाचार अन्त्य हुन नसकेको र सुशासन कायम हुन नसकेको धारणा राखे ।
उनले अहिलेको व्यवस्थामा देखिएका कमीकमजोरीलाई सुधार गर्दै बलियो बनाउदै अघि बढ्नुपर्ने बताए । गणतन्त्रीक व्यवस्थामाथि आक्रमण हुँदा सबै भन्दा पहिला एमाले आक्रामक हुने उनले बताए ।















प्रतिक्रिया