९ कार्तिक २०८३, सोमबार

आज मंसिर ७ गते: उपत्यकाको सुरक्षा व्यवस्था कडा (भिडिओ/तस्वीर)

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । आज मंसिर ७ गते नेकपा (एमाले) निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंमा प्रदर्शन गर्दैछन् ।

प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौंका चोकचोकमा बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् ।

ट्राफिक प्रहरीले आज काठमाडौं उपत्यकामा अत्यावश्यक काममा बाहेक सवारी साधनको प्रयोग नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा आज विभिन्न समूहले र्‍याली जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा असहजता हुने सम्भावना भएकाले गाडी नचलाउन आग्रह गरेको हो ।