२७ कार्तिक २०८३, शुक्रबार

परम्परागत मेलालाई संरक्षण गर्नुपर्छ : मन्त्री मास्की

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर, ७ मंसिर । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की(राजेश)ले परम्परादेखि लाग्दै आएका मेलाको संरक्षण गर्नुपर्ने बताएका छन् ।

बुधबार शान्तिनगर गाउँपालिका वडा नं.१ स्थित बगिया मेलाको उद्घाटन गर्दै मन्त्री मास्कीले मेलाको परम्परा, इतिहास मेटिदैँ जान थालेको भन्दै यसलाई जोगाउन आवश्यक रहेको बताए ।

मेला पर्वहरु व्यापारिक केन्द्रका रुपमा समेत रहने उनको भनाई छ । ‘बगिया मेला भन्ने वित्तिकै दिन गनेर बस्ने अवस्था थियो, सुन्तला, बदाम खानालाई यो मेला लाग्नै पथ्र्यो’,उनले भने ‘यहाँ टाढाटाढाबाट व्यापारिहरु आउनु हुन्थ्यो ।”

साथै मन्त्री मास्कीले बगिया मेला लाग्ने क्षेत्रको संरक्षणकालागि बजेट व्यवस्थापन गर्ने समेत प्रतिबद्धता जनाए ।