२७ कार्तिक २०८३, शुक्रबार

सरकारविरुद्ध युवा–विद्यार्थीको प्रदर्शन आज

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु (युवा–विद्यार्थी)ले आज बिहीबार काठमाडौंको तीनकुनेमा विरोध प्रदर्शन गर्दैछ ।

युवा–विद्यार्थीले भ्रष्टाचार, महँगी, सामाजिक अराजकताविरुद्ध सरकारको विरोध गर्दै तीनकुने क्षेत्रमा बिहान ११ बजे प्रदर्शन गर्न लागेको हो । आजको प्रदर्शनको सुरक्षाका लागि तीन हजार बढी स्वयंसेवक खटाइने युवा संघले जनाएको छ ।

यसअघि युवा–विद्यार्थीले प्रदर्शन माइतीघरमा आयोजना गर्ने तयारी गरेको थियो । तर त्यसै दिन व्यवसायी दुर्गा प्रसाईं समूहले पनि माइतीघरमै प्रदर्शन आयोजना गरेकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंले शान्ति सुरक्षाको कारण देखाउँदै माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र तोकेको छ । प्रशासनले राष्ट्रपति भवन शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ ।

यता प्रसाईं समूहले आजै बिहान ११ बल्खुमा प्रदर्शन गर्ने तयारी गरेको छ ।