९ कार्तिक २०८३, सोमबार

एपी वान टेलिभिजनले किन रोक्यो दुर्गा प्रसाईंको अन्तर्वार्ता ?

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । एपी वान टेलिभिजनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगको अन्तर्वार्ता प्रशारणमा रोक लगाएको छ ।

पत्रकार भूषण दाहालले कार्यक्रम ‘द ब्राभो डेल्टा शो’ मा लिएको प्रसाईंको अन्तर्वार्ताको प्रशारण टेलिभिजनले रोकेको हो । टेलिभिजन व्यवस्थापनले अन्र्तवार्ता प्रशारण रोकेपछि पत्रकार दाहालले आपत्ति जनाएका छन् ।

उनले कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण रोकेको भन्दै टेलिभिजनप्रति असन्तुष्ट व्यक्त गरेका हुन्।

उनले भनेका छन्, ‘वाह! लोकतन्त्र। ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलोपटक बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपीवनएचडीबाट प्राप्त भएकाले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु।’

टेलिभिजनले अन्तर्वार्ता रोकेपछि पत्रकार दाहालले साझा कथा नामक युट्युब च्यानलमा अन्तर्वार्ता सार्वजनिक गरेका छन् ।

दुर्गा प्रसाईं नेतृत्वमा भोलि ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नारासहित काठमाडौंमा प्रदर्शन हुँदैछ । राज संस्थाको वकालतका लागि प्रसाईंले निरन्तर अभियान चलाउँदै आएका छन् । जसले गर्दा भोलिको प्रदर्शन र भावी दिनका उनका कदमलाई मध्यनजर गर्दै सरकार र ठूला राजनीतिक दलको दबावमा कार्यक्रम रोकिएको अनुमान गरिएको छ ।