९ कार्तिक २०८३, सोमबार

एमाले केन्द्रीय कमिटीको बैठक जारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको हो ।

बैठकमा ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

पार्टीले यही मंसिर १४ गतेदेखि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ दार्चुलाको झुलाघाटबाट सुरु गर्दैछ ।

युवा संघसहित पार्टीका २३ वटा भ्रातृ तथा जनवर्गीय संगठनले काठमाडौँमा गर्न लागेको बृहत् प्रदर्शनको एक दिनअगाडि एमालेको बैठक बसेको हो।