२७ कार्तिक २०८३, शुक्रबार

एमाले नेता गिरीलाई मातृशोक

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री लिला गिरीलाई मातृशोक परेको छ ।

नेता गिरीकी आमा केशवकुमारी गिरीको उपचारका क्रममा ९२ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

केशवकुमारीको आज बुधबार बिहान जिल्लाको तिलोत्तमा नगरपालिका–१ शंकरनगरबाट शवयात्रासहित हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिने परिवारले जनाएका छन् ।

उनका लिला, शालिकराम र टेकनसहित तीन छोरा तथा भगवती र सीता गरी दुई छोरी रहेका छन् ।